बीस रुपैयाँ नतिरेको निहुँमा वृद्धाको हत्या, गोपाल प्रकाउ
अर्घाखाँची | कात्तिक २३, २०८०
अर्घाखाँची: अर्घाखाँचीमा २० रुपैयाँको झगडाले वृद्धाको ज्यान गएको छ। मालारानी गाउँपालिका(९ गोखुङ्गा पात्लेमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेका अनुसन्धानबाट रहस्य खुलेको हो।
मालारानी स्थायी ठेगाना भइ भुमिकास्थान १, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतित सिंह राठोरले बताए।
गत कार्तिक १४ गते २० रुपैयाँ नतिरेको भन्दै नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए। झगडाले उग्र रुप लिंदै जाँदा झगडा गर्ने क्रममा वृद्धा भुसाललाई घरमा एक्लै देखेपछि मुक्का तथा खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरीसमक्ष स्विकार गरेका छन्।
हत्यापछी उनले भएको नगद र सुनका गरगहना चोरी गरेर फरार भएका थिए। २० रुपैयाँको झगडाले उग्र रुप लिंदै जाँदा महिलाको ज्यान गएको खुलेको हो।
नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर प्रहरीले नेपालीलाई सार्वजनिक पनि गरेको छ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

